राउटे युवा जलेर घाईते

दैलेख ः राउटेका महामुखिया मैन बहादुर शाहीका छोरा ४० बर्सिया नारायण शाही आगोमा जलेर गम्भिर घाइते भएका छन् । दैलेख सदरमुकामको नारायण नगरपालिका ८ सिमाडामा बसोवास गरेका राउटे समुदायका युवा नारायण शाही चिसो छल्न आगो नजिक सुतेको अवस्थामा जलेका हुन् ।
चुलोमा आगो बालेरै सुतेको र बल्याँकेट हुँदै आगो शरीरभरि सल्किएपछि उनी सत्त घाइते भएका छन् । अहिले उनलाई स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचारका लागि ल्याइएको राउटे समुदायमा काम गर्ने शिक्षक लालबहादुर खत्रीले जानकारी दिएका छन् ।
चिसोका कारण राती दाउरा वालेर उनी सहित अन्य ४ जना सुतेका थिए । अन्य परिवारलाई भने केही भएको छैन ।
स्वास्थ्य सेवा कार्यालय दैलेखमा डाक्टर प्रयास विक्रम सिजापतिले उनको उपचार गरिरहेका छन् । शरीरको तीस प्रतिशत भाग जलेको अवस्थामा छ । प्राथमिक उपचार पछि उनलाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।
कठ्याग्रिदो चिसो र झुपडीमा बसोवास गर्ने फिरन्ते राउटे समुदाय चिसोका कारण समस्यामा पर्दै आएका छन् ।
बालवालिका समेत चिसोका कारण समस्यामा छन् । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले दैलेखको नारायण नगरपालिका –८ साल खर्कमा बसोबास गरिरहेका छन् । हाल उनीहरूको जनसंख्या एक सय ४३ रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार